तोकिएकै मितिमा प्रतिनिधि सभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २५ गते शनिवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताएका छन् । एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उनले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे ।

उनले आफुलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरे । उनले प्रतिनिधि सभा विघटन संवैधानिक भएको जिकिर गरे । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उनले स्वतन्त्र न्यायपालिकाको कदर गर्नुपर्ने बताएका छन् । साथै उनले चुनाव चिन्ह, पार्टीको लोगो लगायत पार्टीको आधिकारिकता अरुले दाबी गर्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार