चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र उद्योगी र राज्य दुवै गम्भिर बन्नुपर्छ

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २४ गते शुक्रवार

दाङ  : कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको चलचित्र बहस विषयक अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाले कोरोना कहरका कारण दर्शक हलसम्म पुग्ने सक्ने अवस्था अझै बनि नसकेको भन्दै कम्तिमा हप्ता दिनमा मात्रै सिनेमा रिलिज हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

कोरोना महामारीका कारण बन्द भएका चलचित्र हल विस्तारै खुल्ने क्रम शुरु भएपनि अझै पनि दर्शकहरु हलसम्म पुग्न नसकेको बताउँदै सरोकारवालाले चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र उद्योगी र राज्य दुवै गम्भिर बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा चलचित्र हल संचालक ललित श्रेष्ठले कोरोना महामारीका कारण हल लामो समय बन्द हुँदा श्रमिकलाई पारिश्रमिक दिन समस्या परेको बताए ।

उनले अहिले हल संचालनका लागि आफु तयार भएपनि राम्रा चलचित्र पनि पाउन नसकेको बताए । राम्रा चलचित्र पाए सुरक्षाका मापदण्ड अपनाउँदै हल संचालन गर्न सकिने उनको भनाइ छ । चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण निवर्तमान अध्यक्ष धु्रबराज न्यौपाने र बर्तमान सचित पूर्ण केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार