दाङ : जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाइरस (कोेभिड–१९)को हाल दक्षिण अफ्रिकामा नयाँ प्रकार देखा परेकोले त्यसबाट बच्न अनुरोध गरेको छ । सो भाइरसको प्रकार अत्यन्त छिटो संक्रमण हुने भएकोले त्यसबाट बच्न आम दाङवासी नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै विश्वव्यापी माहामारीको कोरोनाको अर्को नयाँ प्रकार देखिएको हुनाले त्यस संक्रमणबाट बच्न सबैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गरेका छन् ।
कोरोना भाइरसको नयाँ प्रकार छिमेकी मुलुक भारतमा समेत संक्रमित भेटिएको हुँदा समयमै सचेत रहन जारी सूचनामा उल्लेख गरिएको छ । साथै उक्त संक्रमण बेलायतमा पनि देखा परेको र त्यहाबाट नेपाल आउने नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी सरकारले निर्णय गरेको छ । सोहि बमोजिम स्वास्थ्य मापदण्ड पालना गर्दै सतर्कता अपनाउन र सुरक्षित रहन जिप्रका दाङले अनुरोध गरेको छ ।