राप्तीमा योजना निर्माणमा तिव्रता

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १४ गते मङ्गलवार

देउखुरी दाङ : राप्ती गाउँपालिकामा कोभिड संक्रमणको अवस्था कम भएसंगै बार्षिक रुपमा संञ्चालन हुनु पर्ने योजना तथा कार्यक्रमहरु तिब्र तवरले सूचारु भैरहेका छन् ।  यसै सन्दर्भमा योजना सूरु भएसंगै निर्माणको चरणमा रहेका तथा निर्माण सम्पन्न योजनाहरुको अनु्गमन तथा निर्माण समितिलाई सल्लाह सुझाव दिने कार्य भैरहेको छ ।  गाउँपालिकाको वडा नं २ को राम नगरमा निर्माण भएको नाला तथा बाटो मर्मत, वडा नं ३ को भृकुटी महिला सहकारीको निर्माणाधिन भवन तथा वडा नं ७ को बड्का सिसहनिया स्थीत घाट जाने बाटो मर्मत कार्यको स्थलगत अनुगमन गरिएको छ ।  अनुगमनको क्रममा अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष जगत बहादुर थापा, सदस्य तारा कुमारी चौधरी, प्राविधिक द्धय विमला भट्टराई, प्रदिप बैदिक, सचार संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार