सरस्वती माध्यमिक विद्यालयको ४० औ बार्षिकोत्सव समारोह सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १३ गते सोमवार

दाङ :  दाङको घोराही उपमहानगरपालिका ५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले सोमवार एक कार्यक्रम गरी विद्यालयको ४० औं बार्षिकोत्सव मनाएको छ । कोरोनाको जोखिम कायमै रहेका कारण विद्यालयले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, कर्मचारी, चन्दादाता र विद्यार्थीहरु मात्रै जुटेर आफ्नो बार्षिकोत्सव मनाएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिए ।

घोराही बजारको केन्द्र बिन्दुमा रहेको सरस्वती माध्यमिक विद्यालयको चौतर्फी विकास लागि सवै एक भएर लाग्नु पर्ने बक्ताहरुको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रवक्ता एंव शिक्षा समितिका संयोजक भरतराज अर्यालले कारोना जोखिमबाट सावधानी अपनाउदै घोराही उपमहानगरपालिकाले विद्यालय सञ्चालन गरिरहेको बताए । विद्यार्थी, शिक्षकबिच स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै आलोपालो गरी विद्यालयको पठनपाठन सुचारु ग्रिएको बताए । साथै उनले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु गरेकी थिइन् । कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । बाषिकोत्सव समारोहमा विद्यालयमा बिभिन्न चन्दा दाताहरुले स्थापना गरेको अक्षयकोषबाट विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो । सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिपककुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य तिलक रावत, बिष्णु कालाथोकी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक हेमराज शर्माले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार