कांग्रेसले सोमवार दाङका ३ वटै निर्वाचन क्षेत्रमा बिशाल प्रदर्शन गर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १२ गते आइतवार

दाङ :  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा बिघटन असंबैधानिक र स्वछेचारी कदम भन्दै नेपाली काग्रेस दाङका ३ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिदैछ ।  दाङका ३ वटै निर्वाचन क्षेत्रमा बिशाल प्रदर्शन गर्ने नेपाली काग्रेस दाङले जनाएको छ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ का नेपाली काग्रेस पार्टीका सभापति जगतबहादुर खड्काको अध्यक्षतामा शनिबार तुलसीपुर स्थीत पार्टी कार्यालयमा सम्पन्न बैठकले दुई तिहाई बहुमत प्राप्त नेकपा पार्टीले नेतृत्व गरेको ओली सरकारले चालेको असंबैधानिक कदमका बिरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।

नेपाली काग्रेसको प्रदर्शन सोमबार मध्यान्ह् साँढे १२ बजे क्षेत्रीय कार्यालय परिसरबाट शुरु भई घोराही चौक हुर्दै तुलसीपुर स्थीत बिपीचौकमा पुगि बिशाल सभामा परिणत हुने दाङ निर्वाचन क्षेत्र नम्वर ३ का पार्टी सचिब चुर्णबहादुर चौधरीले जानकारी दिए। नेपाली काग्रेस केन्द्रीय समितिले मुलुक भरका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारले गरेको असंबैधानिक कदमका बिरुद्धमा सडक संघर्ष गर्ने निर्णय गरेको छ । सोही अनुरुप देशभर भोली सोमबार एकसाथ बिरोध प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार