शरद रेग्मी
तुलसीपुर : लायन्स क्लव आफ दाङ, लियो क्लव अफ दाङ तुलसीपुर र लायन्स क्लव अफ त्रिशिद्धेश्वरीले तुलसीपुर उपमहानगरपालिका—१ भमकेमा रहेका श्री वाल प्रावि कुमालगाउंका विद्यार्थीहरुलाई एक सय थान स्कुल पोषाक वितरण गरेको छ । उपमहानगरपालिकाकै सवैभन्दा विकट र दलित तथा गरीवहरुको बाहुल्यता भएको स्कुलमा बल्लतल्ल १ सय ४० जना विद्यार्थीहरु छन् । उनीहरुका अधिकांश अभिभावकहरु श्रमजिवि छन् । दिनभरी काम गरेर सांझ विहानको भरपेट गर्नै उनीहरुलाई मुस्कील छ । त्यसैले वडा कार्यालयसंगकै सरसल्लाह र सुझावमा विद्यालयले लायन्स क्लव अफ तुलसीपुरलाइ पोषाक सहयोगका लागी प्रस्ताव गरेको थियो । ‘विद्यालयले गरेको आग्रहलाइ हामी सम्बोधन गर्न चाह्यौं, किनकि यो विद्यालयका विद्यार्थिहरुलाइ सहयोग गर्न पाउनुमा हामीलाइ पनि गर्वको अनुभुति भएको छ’—लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमालले भने ।
लायन्स क्लव अफ दाङले आफ्ना बार्षिक कार्यक्रममा हरेक बर्ष यस्तै सामाजिक सेवाका अभियान सन्चालन गर्दै आएको छ । बस्ती र विद्यालय छनौट लगायतका व्यवस्थापकिय जिम्मेवारी लायन्स क्लव अफ दाङका अध्यक्ष यज्ञ वहादुर केसीले निर्वाह गरेका थिए । पोशाक पाउंदा विद्यार्थीहरु भित्रैदेखि मनमनै मुस्कुराएका थिए । कार्यक्रममै लायन्स क्लव अफ दाङका पूर्वध्यक्ष तथा क्लिन तुलसीपुर, ग्रिन तुलसीपुरका अभियन्ता विमल रिजालले सिमान्तिकृत समुदायलाई सहयोग गर्नु लायन्सको धर्म रहेको भन्दै सेवा भावनाका साथ जुनसकै विपतका बेला लायन्स क्लव हरेक क्षेत्रका नागरीक माझ उपस्थीत हुने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१ का वडाध्यक्ष लक्ष्मण भण्डारीले सवै क्षेत्रमा रहेका समस्या वडा सरकार मात्रैले सम्वोधन गर्न नसक्ने भन्दै यस्ता सहयोगी मनहरुलाइ वडा सरकारले सधै स्वागत गर्ने अभिव्यक्ति दिए । कार्यक्रमका विशिष्ठ अतिथि तथा लायन्स क्लव एरीया चिफ युवराज थपलियाले लायन्स क्लवले हरेक बर्ष कहिन कहि यस्ता सामाजिक कार्यक्रममा सहभागि हुने भन्दै विपतका समयमा शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रमा सहयोग गर्न सक्ने अभिव्यक्ति दिए । लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ दाङका पुर्व अध्यक्ष ललितजंघ शाह, लायन्स क्लव अफ त्रिसिदेश्वरीका अध्यक्ष यमुना शाह, रिपोटर्स क्लब दागंका अध्ध्यक्ष शरद रेग्मी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलापती भुषाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।