प्रचण्ड–माधव समूहद्धारा माइतिघरमा प्रदर्शन

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १० गते शुक्रवार

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहको बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो। माइतीघरमा भएको प्रदर्शनमा‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड, नेपाल, नेता झलनाथ खनाललगायतका शीर्ष नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन्।

माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाँदैछन् । आयोगमा पुगेर उनीहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिन्हको आधिकारिकता आफुहरुमै रहेको जानकारी गराउने छन् । प्रचण्ड–नेपाल समूहले आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ। आजै राजधानीमा पार्टी अध्यक्षको तर्फबाट २ बजे पत्रकार सम्मेलन गर्दैछन्। यो समूहले प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार