ओली पक्षले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ पुष ९ गते बिहिवार

काठमाडौँ   : प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ ।  जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।  त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार  फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार