सुशील बस्नेत
दाङ : तुलसीपुरको बन क्षेत्रमा तस्करहरुले जम्मा गरि राखेका २७ वटा गाईगोरुलाई उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ८ को मयालु सामुदायिकबनको घन जंगलमा बाँधी राखेको अबस्थामा गाईगोरु फेला पारिएको हो । गाईगोरुको तस्करी गर्ने समूहले राखेको हुन सक्ने वडा नम्वर ८ का अध्यक्ष बेद बहादुर केसी(बेदु)ले जानकारी दिए । ‘ बाँधिएको अबस्था थिए, घाँस,दाना पानी दिएको छैन्,’ उनले भने,’ स्थानीयहरुले जंगलभित्रगाई बाँधिएको अबस्था फेला पारिएको जानकारी दिए लगतै त्यहाँ पुगेका थियौँ । तर, एउटा मोटरसाइकलमा ५ जना मानिस चढी भागेका पनि देख्यौँ । ’
ती ब्यक्तिहरुले नै गाईलाई तस्करीका लागि जम्मा गरेको हुन सक्ने उनले बताए । फेला परेका २७ वटा गाई गोरुलाई आजै बिहीबार तुलसी बहुउदेश्यीय गौशाला गोलौरामा हस्तान्तरण गरिएको उनले जानकारी दिए । यसअघि पनि पश्चिम दाङमा गोरु तस्करी भइरहेको जानकारी पाए लगतै ४ वटै नाकामा निगरानी बढाइ नेपाल तरुण दलले दर्जन बढी गाई गोरुलाई उद्धार गरेको थियो । केही समयदेखि दाङ र देउखुरी उपत्यकामागाई गोरु तस्करीका घटनाहरु बढदै गएका छन् । स्थानीयप्रशासनले भने गाई गोरु तस्करी माथि निगरानी बढाइ रहेको दाबी गर्दै आएको छ ।