पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्यमा मनोनीत

Author Logo..
अनलाइन राप्ती २०७७ पुष ७ गते मङ्गलवार

काठमाडौँ  :   पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रचण्ड-माधव नेतृत्वको नेकपाको स्थायी कमिटी सदस्यमा मनोनीत  गरेको छ ।  मंगलबार काठमाडौँमा बसेको नेकपा केन्द्रीय कमिटिले महरालाई स्थायी कमिटिमा ल्याउने निर्णय गरेको हो । यसअघि बसकेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा महराको नाम सिफारिस गरेको थियो । २०७६ साल असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा निलम्बन परेका थिए । गत फागुनमा अदालतले उनलाई सफाई दिएको थियो । २०७५ जेठमा नेकपा गठन हुँदा महरा सभामुख भएकाले उनी पार्टीको कुनै जिम्मेवारीमा थिएनन्। अदालतले उनलाई सफाई दिए पनि उनी पार्टी जिम्मेवारीमा फर्किएका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार