दाङमा सक्रिय संक्रमितको संख्या १४१

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १ गते बुधवार

दाङ : दाङमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार बढि पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार बुधवार सम्म ३ हजार १२८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । जिल्लामा २२ हजार ९४७ जनाको स्वाब संकलन गर्दा ३ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिले जिल्लामा १४१ जना मात्र सक्रिय संक्रमितहरु रहेको कार्यालयका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनको अनुसार अहिले सम्म जिल्लामा कोरोना संक्रमणका कारण ४४ जनाले ज्यान गुमाइसकेका छन् । सक्रिय संक्रमितहरु मध्य होम आइसोलेशनमा १०६ जना र संस्थागत आइसोलेशनमा ३५ जना रहेको चन्दले जानकारी दिए । हाल सम्म जिल्लामा १३ हजार ५२६ जना क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार