तुलसीपुर : तुलसीपुरमा पहिलो चरणमा ३ सय बढीले रोजगार पाउने भएका छन् । उपमहानगरपालिकामा बेरोजगारमा सूचिकृत भएका २ हजार २८१ जना मध्य ३ सय २७ जनाले पहिलो चरणमा एक सय दिनको रोजगारी पाउने भएका हुन् ।रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) बाट एक सय जनालाई रोजगारी दिन ५१ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २२७ जनााई एक करोड,१७ लाख ३६ हजार बजेट विनियोजन गरिएको तुलसीपुर उपमहानगरपालिका अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक किरण गौतमले जानकारी दिए । रोजगारमा लाग्नेलाई दैनिक ५ सय १७ रुपैयाँ ज्याला दिइने छ । उपमहानगरपालिकाका ८ नम्बर र ९ नम्बर वडा रोजगारीको सूचिमा सुन्यमा परेको छ । तुलसीपुरमा बेरोजगारमा सूचिकृतका लागि साउन ८ गतेदेखि भदौ ७ गतेसम्म म्याद राखेर सूचना जारि गरिएको थियो ।
बेरोजगार छनौटका लागि ८ वटा मापदण्ड बनाएर रोजगार व्यवस्थापन सूचना प्रणालीद्धारा स्वचालित विधिबाट छनौट गरिको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक गौतमले जानकारी दिनुभयो । पहिलो चरणमा परकोले एक सय दिन काम गरीसकेपछि अन्य बेरोजगारलाई नम्बरका आधारमा पुनः एक सय दिनको रोजगारी दिइने छ ।