तुलसीपुरमा कोरोना संक्रमितको संख्या ७८७

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १ गते बुधवार

तुलसीपुर  :  तुलसीपुरमा मंगलवार २ जना संक्रमित थपिए संगै जम्मा संक्रमित हुनेको संख्या ७८७ पुगेको छ । तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुरका एक महिला र एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै तुलसीपुरमा हाल सम्म २३१ महिला र ५५६ पुरुष गरी ७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ७१७ जना कोरोना संक्रमण मुक्त भईसकेका छन् भने २० जना कोरोना संक्रमितको निधन भएको फोकल पर्सन केसीले जानकारी दिएका छन् । कोरोना मुक्त हुनेमा २०७ जना महिला र ५१० जना पुरुष रहेका छन् । यस्तैगरी निधन हुनेमा ३ जना महिला र १७ जना पुरुष रहेका छन् । तुलसीपुर उपमहानगरपालिका भित्र अझै ७२ जना सक्रिय कोरोना संक्रमित छन् ।।
a

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार