दाङ : गत बर्षायाममा अविरल बर्षाका कारण विभिन्न समय घर भत्किदाँ विचल्लीमा परेका ३ परिवालाई आर्थिक सहयोग गरिएको छ । शान्तिनगर २ निवासी युवा समाजसेवी प्रेम वलीको पहलमा संकलन भएको ७६ हजार ३२५ रुपैयाँ सोमवार हस्तान्तरण गरिएको छ । अविरल बर्षाका कारण शान्तिनगर २ विष्णपुर निवासी जोग बहादुर चौधरी, शान्तिनगर २ अमुवा निवासी दिल बहादुर परियार र इन्द्र बहादुर अधिकारीको घर भत्किएको थियो ।
घर भत्किदाँ विचल्लीमा परेको र स्थानियतहबाट कुनै पनि सहयोग नपाएको आफुले थाहाँ पाएपछि आफुले समाजिक संजाल फेसबुकमा मार्फत उनीहरुको घर निर्माणको लागी आर्थिक सहयोगको पहल गरेको वलीले बताए । करिब २ महिना सम्म उक्त पहल गरेको र शान्तिनगर २ का हाल विदेशका विभिन्ने देशमा बस्दै आएका ब्यक्ति र स्वदेशमा बस्नेले पनि आफ्नो अभियानमा सहयोग गरेको उनको भनाइ छ । ‘ मैले करिब २ महिना सम्म अभियान चलाएको थिए ,’उनले भने,‘ त्यसअबधिका विदेशका विभिन्न देशमा बस्ने तथा स्वदेशमा बस्ने शान्तिनगरका ब्यक्तिहरुबाट आएको र आफुले समेत गरि उक्त रकम हस्तान्तरण गरिएको हो ।’ ३ घरपरिवारलाई प्रति घर २५ हजार ४४१ रुपैयाँका दरले सहयोग गरेको उनले बताए ।
यति रकमले त उनीहरुलाई केहि हुदैन् । तर, स्थानियतहले यस्ता पिडितहरुलाई आर्थिक सहयोग गर्नु पर्ने हो । अहिले सम्म उनीहरुले पाएका छैन्,’उनले भने । त्यस्तै बर्षाका कारण घर भत्किदाँ विचल्लीमा परेका ३ घरपरिवारले अहिले सम्म स्थानियतहबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् । घर भत्किएको अहिले सम्म पनि स्थानियतहबाट केहि सहयोग नपाउँदा आफुहरु धेरै समस्यामा परेको उनीहरुको गुनासो छ ।
उक्त अभियानमा सहयोग गर्नेहरुमा प्रकाश वली २१ हजार २५६ (हाल अष्ट्रलिया),चन्द्र बहादुर वली १० हजार ४७९ ( हाल अमेरिका) , हिरामणी विष्ट १० हजार ४३५, (हाल अमेरिका) प्रेम बहादुर वली ६ हजार ५० (शान्तिनगर २ ), भरत वली ६ हजार ( हाल अमेरिका), पूर्ण बहादुर खत्री ५ हजार (हाल कोरिया), बालकृष्ण वली ५ हजार ( हाल कोरिया), खिम बहादुर वली ४ हजार ५ (हाल अमेरिका) श्याम राईमाझी ३ हजार ( तुलसीपुर), हेमराज केसी २ हजार ( हाल गोवा) उदिराम केसी ३ हजार (हाल गोवा) रहेका छन् ।