पातुखोलामा ट्रष्ट पुल निर्माण हुदैँ

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर २९ गते सोमवार

तुलसीपुर :  तुलसीपुरको पातुखोलामा निर्माण हुने ट्रष्ट पुलको एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । तुलसीपुर ५ आलुमण्डि स्थित प्रगतिशिल टोल र वडा नम्वर ९ जनज्योति टोल जोड्ने गरी निर्माण हुने पुलको राष्ट्रिय सभा सदस्य कोमल वलीले सोमवार एक कार्यक्रमका बिच शिलन्यास गरेकी हुन् ।तुलसीपुरका दुई वडालाई जोड्ने गरी निर्माण हुन लागेको पुलको लम्वाई ३२ मिटर र चौडाई १.५ मिटर रहेको छ । पुल निर्माणको लागत २५ लाख ६४ हजार ८ सय ४९ रुपैया ६५ पैसा रहेको छ ।जसमा संघिय सरकारद्धारा ८५ प्रतिशत, स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाको १३ प्रतिशत र उपभोक्ता समितिको तर्फबाट २ प्रतिशत लगानी हुनेछ ।।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार