दाङ : नेपाल पत्रकार महासघं दाङका केन्द्रीय पार्षद एवम् नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद नारायणी रजौरेका श्रीमान स्वर्गीय हरिप्रसाद अधिकारीको १३ औँ दिनको पुण्य तिथिका अवसरमा आइतबार अधिकारी निवास तुलसीपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं,नेपाल प्रेस युनियन र प्रेस संगठन दाङको संयुक्त आयोजनामा तुलसीपुर उपमहानगरपालिका ६ रजौरामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय अधिकारीको व्यब्तित्व बारेमा चर्चा गरेका थिए ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं नेपाल पत्रकार महासघं दाङका सल्लाहाकार सुदिप गौतमको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गौतमले शोकलाई शक्तिमा बदलेर अगाडी बढ्न अनुरोध गरे ।उनले दाङको पत्रकारिताको क्षेत्रमा स्वर्गीय अधिकारी साथै श्रीमती नारायणी रजौरेको महत्वपूर्ण योगदान रहेको स्मरण गरे । कार्यक्रममा प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस संगठनका राकेश बस्नेत लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वर्गीय अधिकारीको बारेमा दाई घनश्याम अधिकारीले प्रकाश पारेका थिए भने स्व.अधिकारीका धर्मपत्नी नारायणी रजौरेले धन्यावाद ज्ञापन गरेकी थिइन । श्रद्धाञ्जली कार्यक्रमको सहजीकरण महासघं सह–सचिव सर्मिला डिसीले गरेकी थिइन् । स्वर्गीय अधिकारीको मंसिर १६ गते ५२ वर्षको उमेरमा असामयिक निधन भएको थियो । यसैबिच स्वर्गीय अधिकारीको स्मृतिमा स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई पुरस्कृत गर्न परिवारको तर्फबाट नेपाल पत्रकार महासघं दाङमा रु ५१ हजारको अक्षयकोष स्थापना गर्ने श्रीमती नारायणी रजौरेले घोषणा गरेकी छिन् ।