आर्थिक पुर्नलाभको साझेदारी अभियान

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर २६ गते शुक्रवार

 शरद रेग्मी 
दाङ : विश्वव्यापिका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण विचल्लीमा परेका स्वरोजगार तथा रोजगारी नै गर्न नसक्ने नागरीकहरुलाई आर्थिक सहयोग गर्ने उदेश्यले यूएसएआइडीको तयार नेपाल, तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरापलिका लगायतले यो अभियान थालेका छन् ।
सोहि अभियान अन्तर्गत तुलसीपुर उद्योग वाणिज्यसंघको सभाहलमा भएको कार्यक्रममा लक्षित वर्ग दलित, जनजाती, अपाङ्गता भएका व्यक्तिहरु लगायतलार्इ कोरोना भाइरसका कारण भएको समस्या लगायत यसै समस्यामा बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाइ पनि यसले समन्वय गर्ने उदेश्यले यो कार्यक्रम ल्याइएको टिम लिडर विनिल केसीले बताएका छन् ।

यो कार्यक्रम नेपालकाका विभिन्न विपत भएका जिल्लाहरुमा सुरु भएको छ । यहांका घोराही उपमहानगरपालिका तथा तुलसीपुर उपमहानगरपालिकामा सुरु भैरहेको छ । यो कार्यक्रम अन्तर्गत विपन्नमा परेका लक्षित समुदायका नागरीकहरुलाइ सहयोग गरीने बताइएको छ । यसकालागी तुलसीपुर उपमहानगरापलिकामा १५८ जना लाभग्रहिको छनौट समेत भइसकेको तुलसीपुर उद्योग वाणिज्यसंघका परियोजना टिम लिडर विनिल केसीले बताएका छन् । ती छनौट भएका लाभग्राहिहरुलाइ आयआर्जनका काममा लगाइने पनि बताएको छ । उनीहरुलाइ प्रति व्यक्ति ३२ हजार रुपैयाका दरले सहयोग गरिने तुलसीपुर उद्योग वाणिज्य संगले जनाएको छ । सोहि कार्यक्रममा तयार नेपालका तर्फबाट फिल्ड अधिकृत दशरथ रौनियारको विषेश उपस्थितिमा कार्यक्रमबाट लक्षित समुदायले प्रत्यक्ष रुपमा लाभ लिने आशा व्यक्त गरे ।  यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा यसै विषयमा अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सिमान्तीकृत समुदायकालागी यो परीयोजनाले सवैलाइ साथ र सहयोग दिने भन्दै विपतमा परेका नागरीककालागी आर्थिक पुर्नलाभ गर्न तयार नेपालले गरेको सहयोगकालागी उपमहानगरपालिकाको तर्फबाट सधैभरी सहयोगीको भूमिका खेल्ने बताए । ‘हामी अझै पनि यो कार्यक्रमकालागी थप सहयोग गर्न तयार छौं, दातृ निकायको सहयोग लक्षित वर्गमै लैजानकालागी हाम्रो प्रमुख दायित्व हुने छ’—लामिछानेले भने ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका लामिछानेले कोभिड १९ का कारण उपमहानगरपालिका भित्र परेको असरलाई न्यूनिकरण र अति विपन्न परिवारलाई उत्पादन संग जोड्नका लागि तयार नेपालले अझ बृहत रुपमा कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा विषय प्रवेश तुलसीपुर उद्योग वाणिज्यसंघका परीयोजना टिम लिडर विनिल केसीले गराएका थिए भने कार्यक्रमको सहजीकरण परीयोजना संयोजक पारेश्वर भट्टराइले गरेका थिए । कार्यक्रममा उपस्थित लाभग्राहिहरुले तयार नेपाल र तुलसीपुर उद्योग बाणिज्य संघलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार