आणविक अस्त्रका बिरुद्ध देशभर शान्ति समाजको प्रर्दशन

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर २५ गते बिहिवार

दाङ : मानव अधिकार तथा शान्ति समाजले दाङ लगायत देशका ४२ स्थानमा प्रदर्शन गरेको छ । ७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभ पारि आणविक अस्त्र उन्मुलनका लागि प्रदर्शन गरेको शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले जानकारी दिए । आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन् भन्ने नाराका साथ दाङको तुलसीपुर स्थीत बिपीचौकमा प्रदर्शन गरिएको हो । अमेरीका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तरकोरीया र ईजरायल गरी ९ वटा नेपाल स्थीत राजदुताबास अगाडी शान्ति समाजले प्रर्दशन गरेको छ ।

त्यस्तै,बिभिन्न जिल्लामा प्रदर्शन भईरहेका शान्ति समाजले जनाएको छ । सन् १९४५ को अगस्थ ६ मा अमेरिकाले जापानो हिरोसिमामा खसालेको एटमबम झण्डै १५ किलो टन टीएनटी क्षमतको थियो । हिरोसिमा बिष्फोटन पछि १२ बर्ग किलोमिटर क्षेत्रफल ध्वस्त भयो,हजारौ मान्छे क्षणभरमा मारिएका,हजारौ घाईते भए,विकिरणका कारण भएको क्षति र मुत्युको संख्या झनै भयावह छ । अमेरिकाले त्यसको ३ दिन पछि नागासाकीमा दोस्रो बम खसालेको बिगतको तितो यर्थाताको स्मरण समेत प्रदर्शनमा गराइएको थियो ।  २५ बर्ष अघिदेखि आणविक अस्तको बिश्वब्यापी उन्मुलनको लागि अभिनारत मानव अधिकार तथा शान्ति समाजले १० बुँदे सुझाव प्रस्तुत समेत गरेको छ । अमेरिका, रुस,चीन,ब्रिटेन, फ्रान्स, भारत, पाकिस्ता, उत्तरकोरीया र ईजरायलले आणविक हतियार निषेध सन्धी शिघ्र अनुमोदन गर्नुपर्दछ ,आणविक हतियार निषेध सन्धीको एउटा हस्ताक्षरकर्ता नेपालले सो सन्धीलाई शिघ्र अनुमोदन गर्नुपर्दछ,विद्यमान आणविक अस्तहरु विश्वब्यापी रुपमा समुल नष्ट गर्नुपर्दछ ,आणविक अस्त्रको निर्माण,भण्डारण र परिक्षणमा सदा सदाका लागि पूर्ण प्रतिबन्ध लगाउनु पर्दछ भन्ने छ ।

त्यस्तै,युद्ध भएपछि आणविक अस्त्रको पनि प्रयोग हुने खतरा भएकाले युद्धका कुनैपनि संभावनालाई खारेज गर्न सबैले योगदान गर्नुपर्दछ,युद्ध रोक्न र शान्ति प्रबद्र्धन गर्न संयुक्त राष्ट्र संघले बिशेष पहल गर्नुपर्दछ,बषौको प्रयासपछि आणविक हतियार निषेध सन्धी जारी भएजस्तै युद्धमाथि प्रतिबन्धका लागि अर्को सन्धी जारी गर्न योगदान गर्नुपर्दछ,आणविक फोहोरको ओसारपसार,आवागमनमा प्रबिन्ध लगाउनुपर्दछ,समस्त जल,थललाई आणविक अस्त्र मुक्त क्षेत्र घोषणा गर्नुपर्दछ र अन्तरिक्षको सैनिककरणको कुनैपनि कार्य माथि सदासदाका लागि प्रतिबन्ध लगाउनुपर्छ भन्ने सुझाब शान्ति समाजले दिएको छ ।

प्रदर्शन कार्यक्रममा समाजका केन्द्रीय महासचिब सुशील बस्नेत,शान्ति समाजका अनुशासन समितिका केन्द्रीय बिभागिय सदस्य सुरेश श्रेष्ठ,सल्यान शाखाका पुर्ब सभापति शिबशंकर गिरी,नगर स्तरीय अपाङ सञ्जालका देवा डाँगी,अपाङग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल,यज्ञ बिक,दलित नागरिक समाजका सचिब पोषण सेन्चुरी, लगायतले बोलेका थिए । शान्ति समाजका केन्द्रीय सुशासन समितिका बिभागीय संयोजक निर्मल नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए । शाखा सभापति शरद रेग्मीको अध्यक्षतमा समापन भएको प्रदर्शन कार्यक्रमको सहजिकरण सचिब निर्मला डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार