नेपालमा भ्रष्टाचार र दण्डहीनताका कारण नागरिकमा आक्रोस बढदै : पहाडी

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर २४ गते बुधवार


सुशील बस्नेत
दाङ : मानवअधिकार तथा शान्ति समाजले अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अबसरमा भर्चुअल अन्तरक्रिया गरेको छ । शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा भएको भुर्चअल अन्तरक्रिया कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा भ्रष्टाचार र दण्डहीनताका कारण नागरिकमा आक्रोस बढदै गएको बताए । उनले भने, ‘भ्रष्टाचारलाई विश्वको मुख्य साझा समस्या मान्दै विश्वभर यो दिवस मनाईने गरिएको छ ।’

त्यसैगरी उनले नेपालमा दुई तिहाई सरकारले सुशासन दिनुपर्ने हो ? तर हुन सकेन् । त्यसकारण पनि शान्ति समाजले भ्रष्टाचार बिरुद्ध अभियान जारी राखेको बताए । बुधबार काठमाण्डौ शाखा लगायत देशका बिभिन्न स्थानमा प्रर्दशन गरिएको उनले बताए । ‘ शान्ति समाजले विहिवार १० डिसेम्वरका दिन आणबिक अस्त्र बिरुद्ध ९ वटा राजदुताबास अगाडी र जिल्ला जिल्लामा प्रदर्शन गदैछ,’ उनले भने ।

कार्यक्रममा बरिष्ठ उपसभापति गोबिन्द खनाल,कोषाध्यक्ष रामकृष्ण बराल,केन्द्रीय सचिब कृष्ण रावल, बिभागीय संयोजक निर्मल नेपाली, शाखा सभापतिहरु शरद रेग्मी,सन्तोष अधिकारी,जर्नादन पुडासैनी,लक्ष्मीनारायण मिश्र लगायतले बोलेका थिए । शान्ति समाजका महासचिब सुशील बस्नेतले भर्चुअल अन्तरक्रियाको सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार