दिदिघरलाई अपाङगताको संस्थाको सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर २३ गते मङ्गलवार


सुशील बस्नेत
दाङ : शान्तिनगरको अपाङगता सशक्तिकरण केन्द्रले तुलसीपुरको दिदि घरलाई खाद्यन्न तथा अन्य सामाग्री सहयोग गरेको छ । बार्षिक उत्सकको अवसर पारि अपाङगता सशक्तिकरण केन्द्रले झण्डै १२ हजार मूल्य बराबरको सहयोग गरेको हो ।  दिदि घरमा रहेका अभिभाबक बिहीन बालबालिकाहरुका लागि चामल,तेल,दाल,चिउरा,नून,जाँडोमा लगाउने गलबन्दी लगाएतका उपभोग्य बस्तु सहयोग गरिएको केन्द्रका अध्यक्ष रजनी शाहले जानकारी दिए ।

स्यानी चौधरीले गत बर्षदेखि अभिभावक बिहीन ७ जना बालिका र ३ जनाबालकलाई राखि सञ्चालन गरेक िदिदि घरलाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष शाहले बताए । पश्चिम दाङको बिकट स्थानामा अपाङगता सशक्तिकरण केन्द्र स्थापना गरिएको बताउदै अध्यक्ष शाहले अपाङता भएका ब्यक्तिहरुको सशक्तिकरणका लागि संस्थाको नेतृत्व गर्ने भए पनि अभिभावक बिहीन बालबालिकाहरु सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।

प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले अपाङगता,महिला,बालबालिका,जेष्ठ नागरिक,दलित र अल्पसंख्यक सिमान्कृत समुदायको बारेमा राज्यले अझ बढि ध्यान दिनुपर्ने बताए । ३ वटै तहका सरकारले कानून बनाउँछन् तर कार्यान्वयन गर्न हिम्मत नै गरेको उनको भनाइ छ ।

बिशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दिदि घरको संस्थागत विकासका लागि योजना बनिरहेको बताइन् ।  सो अवसरमा अपाङगता सशक्तिकरण केन्द्रका सल्लाहकार सुमन गौतम,अपाङग समाज सुधार केन्द्रका अध्यक्ष हुमकान्त कँडेल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संंस्थाका उपाध्यक्ष गुरुप्रसाद लामिछानेले र सहजिकरण सचिब टिकाराम वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार