दाङमा नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा रक्तदान

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर १९ गते शुक्रवार

दाङ :  दाङमा अभाव भइरहेको रगत व्यबस्थापनका लागि नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले रक्तदान गरेको छ । दाङमा कोरोना महामारीको समयमा रगतको अभाव हुँदा विरामीहरुलाई समस्या भएको देखेपछि विभागको आयोजनामा पहिलो पटक दाङमा रक्तदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा नेपाली काँग्रेस क्षेत्र नं ३ को पार्टी कार्यालय प्रारङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विभागका सदस्य जीत बहादुर केसीले बताए । उनले मानवीय सेवाका लागि उत्तम कार्य रक्तदान भएको र यो अवस्थामा रगतको अभाव समेत भएकाले कार्यक्रमको आयोजना गरिएको बताए ।

विभागका सदस्य जीत बहादुर केसीको सभापतित्व तथा नेपाली काग्रेस दाङका जिलला सभापति कीर्ती बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, काग्रेस नेता केशव आचार्य,देवका नेपाली, तरुणदलका जिल्ला अध्यक्ष टीका घर्तीलगायतकाले रत्तदान जीवन दान भएको हुदा यो मानवीय कार्य उत्तम रहेको बताएका थिए ।

उनीहरुको वर्तमान सरकारको कडा आलोचना समेत गरेका थिए र सरकार सर्वसत्तादावतर्फ उन्मुख भएको भन्दै युवा शक्ति गणतन्त्र जोगाउन लाग्नु पर्ने अबस्था आएको बताएका थिए ।

कार्यक्रमको सहजीकरण प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका महासचिव झलक केसीले गरेका थिए । सो अवसरमा ४० जनाले रक्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार