बनेका कानुन कार्यान्वयन हुनै पर्छ :अपाङता

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर १८ गते बिहिवार

तुलसीपुर :  मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तर्राष्ट्रिय अपाङ दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । शाखाका उपसभापति तुलसीराम सुनारको सभापतितब, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य तथा समाजका केन्द्रीय महासचिव सुशील बस्नेतको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा शारीरिक अपाङ रोषन गिरीलाई समान गरिएको हो ।

कार्यक्रम सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले एक स्वयमसेबी संस्था मानव अधिकार तथा शान्ति समाजले शान्ती , लोकतन्त्र , अहिसा , समाजिक न्यायकालागी खेलेको भुमिकाको खुलेरै चर्चा गरे । सो अवसरमा शान्ती समाजका केन्द्रिय महासचिव सुशील बस्नेत, दाङ शाखा पुर्ब सभापति सुरेश श्रेष्ठ , शान्ति समाज सल्यानका पुर्ब सभापति शिबशंकर गिरी,अपाङताको तर्फबाट तिलसरा पुन, यज्ञ बिक, रजनी शाह,हुमाकन्त कँडेल, पत्रकार गोपाल शर्मा भट्टराई लगायतले मन्तव्य व्यक्त राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहसचिव उषा गौतम र सहजीकरण सचिब निर्मला योगीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार