दाङ सहित देशभर सरकार विरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर २९ गते सोमवार

दाङ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दाङ सहित देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र सरकार त्यसको संरक्षणमा लागेको, कोरोना नियन्त्रणमा जिम्मेवार नदेखिएको, आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल माथी दुव्र्यवहार गरेको र महिला हिंसा तथा बलात्कारका घटना वृद्धि जस्ता मुद्धा देखाएर विरोध प्रदर्शन गरेको हो ।त्यस्तै नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीमा विरोध प्रदर्शन र सभा भएको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गर्दै घोराही चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य दीपक गिरीले सरकार भ्रष्टाचार र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै जनताले खबरदारी गर्नु पर्ने बेला आएको बताए । जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाउदै गिरीले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिने उद्घोष गरे ।कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु पार्बती डिसी चौधरी, योगेन्द्र चौधरी, शुसिला चौधरी, डिल्लीबहादुर चौधरी, नेता विमला नेपाली, भेषराज पाण्डे, कमानसिंह भारती लगाएतका नेताहरुले सभालाई सम्बोधन गर्दै स्थिर सरकार भए पनि जनताको अपेक्षा अनुरूप काम गर्न नसक्दा निराशा छाएको र प्रतिगामी शक्तिसमेत सल्बलाएको धारणा राखेका छन् ।

कांग्रेसका नेताहरुले लामो संघर्षबाट स्थापित गरेको उपलब्धीलाई सरकारले आफ्नो स्वार्थका रुपमा लिएको आरोप लगाएका छन् । पार्टीका जिल्ला सभापती किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको सभाको सहजिकरण सचिब शंकर डाँगीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार