दाङमा विहीवार सम्म २ हजार ९६४ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ११ गते बिहिवार


दाङ : दाङमा विहिवार सम्म २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । २१ हजार ८८३ जनाको स्वाब पीसीआर परीक्षण गर्दा २ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयक अनुसार संक्रमित मध्य २ हजार ६०२ जना निको भएर डिस्चार्ज भएका छन्, भने ३३४ जना सक्रिय संक्रमतिहरु रहेका छन् ।

सक्रिय संक्रमित मध्य २३५ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ९९ जना रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यस्तै घोराही उपमहानगरपालिकामा १ हजार १ सय ८३ जना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ३ हजार ८१६ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

सङक्रमित मध्य ९ सय ९८ जना डिस्चार्ज भइसकेका छन्, भने ११ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमित १ सय ७४ जना रहेको शाखाले जनाएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरमा हाल सम्म ७१२ जनाको कोरोना भाइसर संक्रमण पुष्टि भएको उपमहानगरको जनस्वास्थ्य प्रर्वद्धन शाखाले जनाएको छ । संक्रमित मध्य ५६३ जना निको भएर डिस्चार्ज भएका छन्, भने १४९ .जना सक्रिय संक्रमितहरु रहेको उपमहानगरको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार उपमहानगरमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार