आज र भोली ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए, जुकाको औषधी खुवाइदै

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ११ गते बिहिवार

दाङ :  आज शुक्रवार र शनिवार ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए, जुकाको औषधी र बालभिटा खुवाइदै छ । प्रत्येक वर्षको २ पटक ६/६ महिनाको फरकमा बालबालिकालाई भिटामिन ए,जुकाको औषधी र बालभिटा खुवाउने गरिन्छ । सोहि अनुसार छ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाइन्छ ।राष्ट्रिय कार्यक्रम अनुसार नै चालु आर्थिक बर्षको पहिलो चरणमा २ दिन सम्म खुवाइदै छ । दाङमा भने साढे ५८ हजार बालबालिकालाई भिटामिन ए खुवाउने तयारी थालिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लाभर रहेका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने योजना रहेको कार्यालयले बताएको छ । भिटामिन ए संगै एक वर्ष देखी पाँच वर्ष मुनिका ५१ हजार ५ सय ६९ जना बालबालिकालाई जुकाको औषधी र ६ महिना देखी २३ महिना सम्मका १९ हजार सात सय ६७ जना बालबालिकालाई बालभिटा खुवाउने तयारी गरिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा आज तुलसीपुरमा ५ महिना देखी ५ वर्ष मुनिका १६ हजार भन्दा बढि बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रममा रहेको उपहानगरका जनस्वास्थ्य प्रर्वद्धनशाखाका जनस्वाथ्य निरीक्षक विमल केसीले जानकारी दिए । उनले आफ्नो वडा तथा टोलमा भएका महिला स्वास्थ्य स्वयं सेविकाहरुले खुवाउने कार्यक्रम रहेकोले दुरी कायम राखि जन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ अनिवार्य मास्क प्रयोग गरि खुवाउने कार्यक्रममा सघाउन र खुवाउन सहयोग सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार