तुलसीपुरमा शनिवार पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ६ गते शनिवार

तुलसीपुर : दाङको तुलसीपुरमा शनिवार पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिबर क्लिनिकबाट लिएको स्वाव परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

संक्रमित हुनेहरुमा तुलसीपुर वडा नं. ५ का ६१ वर्षीय पुरुष, २८ र ३६ वर्षीय महिला ,वडा नं. ६ का ६१,४६,२१ वर्षीय पुरुष र २६ वर्षीय महिला , वडा नं. १२ का २५ वर्षीय पुरुष, वडा नं. १५ का ५४ वर्षीय पुरुष, वडा नं. १७ का ४१ र २३ वर्षीय पुरुष,वडा नं. १८ का ३२ वर्षीय महिला र वडा नं. १९ का ३२ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै वडा नं. ७,वडा नं. ६ र वडा नं. १४ का २ जना पुरुष फलोअपमा रहेको उनले बताए । संक्रमित हुनेमा पत्रकार सहित विभिन्न संघसस्थाका कर्मचारी रहेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार