दाङमा शनिवार सम्म २ हजार ८१८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ६ गते शनिवार


दाङ :  दाङमा शनिवार सम्म  हजार ८१८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ २६ जना संक्रमितको मृत्यु भएको छ । २१ हजार ४९५ जनाको स्वाब पीसीआर परीक्षण गर्दा २ हजार ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय दाङले जनाएको छ ।

संक्रमितहरु मध्य अहिले जिल्लामा २ हजार ४२९ जना निको भएर डिस्चार्ज भएको कार्यालयका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यस्तै अहिले ३ सय ६३ जना सक्रिय संक्रमितहरु रहेको र ति मध्य २८१ जना होम आइसोलेशन र ८२ जना संस्थागत आइसोलेशनमा रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार