न्वारान गरेर मात्र पार्टी अगाडी बढाउँदा अहिले समस्या भयो : उपाध्यक्ष गौतम

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ६ गते शनिवार

दाङ :  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको न्वारान गरेर मात्र अगाडी बढ्दा अहिले पार्टीमा समस्या उत्पन्न भएको बताए । शनिवार दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासंगको भेटमा बोल्दै उनले तत्कालीन नेकपा एमाले र माओबादी पार्टी विच एकता भएता पनि दुबै पार्टीका तत्कालिन मतभेद्लाई समाधान नगरी न्वारन गरेर मात्र अगाडी बढ्दा समस्या भएको बताए ।

फरक पृष्ठभुमि भएको २ पार्टी विच एकता भएता पनि ति पार्टीमा भएका मतभेद्लाई तत्काल समाधान गर्न नसक्दा अहिले समस्या उत्पती भएको उनले बताए ।‘ २ पार्टी एकता गरेर देश पूर्ण निर्माण काम शुरु ग¥र्याै ,’उनले भने,‘ बाँकी रहेका विषयहरु यो कार्यकालमा समाधान गरौँला भन्ने थियो । तर, २ पार्टी विच एकता भएर जन्मिएको नयाँ पार्टीको न्वारन मात्र गरिएको ति पार्टीको समस्या अहिले सम्म समाधान हुन सकेन् ।

त्यस्तै उपाध्यक्ष गौतमले पार्टी जति सुकै शक्तिशाली भएता पनि सरकार शक्तिशाली र लोकपृय नभए पार्टीको लोकपृयता समाप्त हुने दाबी गरे । ‘ हामी सरकारमा सामेल नहुदाँ पार्टी शक्तिशाली छ । संगठन यति छन्, कार्यकर्ता यति छन्, भन्ने गरिन्छ,’उनले भने,‘ तर, सरकारमा जाने संख्या जति शक्तिशाली हुन्छ । त्यसपछि मात्र पार्टी शक्तिशाली हुन्छ ।’ पार्टी भित्र समस्या सृर्जना हुनु स्वभाविक हो । त्यसले पार्टीलाई गति दिन्छ । तर सहि ढंगले संचालन हुन्ु पर्न उनको भनाइ थियो ।

‘ पार्टी भित्र फरक मत, विचारहरु हुनु त्यसलाई नराम्रो मानिदैन् । ति समस्या समाधान गर्दा पार्टीले अतिरिक्त शक्ति पाउँछ । जति समस्या सृजना ुहन्छ । त्यति नै पार्टी शक्तिशाली हुन्छ,’उनले भने । त्यसैगरी उनले एकता हुनु र फुट्नु सृष्टिको नियम भएको बताए । उनले आफु सधै पार्टी एकताको पक्षमा भएको भन्दै एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताए ।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पाना आफ्नो सपना भएको बताउदै उनले ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको समेत बताए । त्यस्तै आफुले अहिलेसम्म कुनै गुटवन्दी नगरेको दाबी गदैै सबै यतिबेला पार्टी एकताको पक्षमा हुनुपर्ने समेत बताए

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार