बबई नदिमा डुवेर एक जना पुरुषको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ३ गते बुधवार

दाङ :  दाङमा बबई नदिमा डुवेर एक जना ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्का रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । भैलोको पिकनिक खान गएको बेला बबइ नदी नुहाउने क्रममा डुवेर मृत्यु भएको इप्रका खिलतपुरका प्रमुख इन्सपेक्टर मोहनविक्रम केसीले जानकारी दिए ।

पौडि खेल्न सक्ने मृतक खड्काले मापसे गरेका कारण नदीमा डुवेर मृत्यु भएको हुन सक्ने उनले बताए । उनी मंगलवार दिउँसो करिब ३ बजे तिर नदीमा डुबेका थिए, भने कबिर ४ बजे तिर मात्र स्थानियहरुले खोजेर भेटाएको प्रत्यक्षदर्शी घनश्याम घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार