कोइलाबासका ४ सय नागरिक नागरिकता बिहिन (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ३ गते बुधवार


दाङ :  नेपालमा बसेका अधिकांस नेपाली मात्र नभएर भारतिय नागरीकले समेत २ देशबाट नागरीता पाउने गरेका समाचारहरु आउने गरेका छन् । तर नेपालको भारतसँग सिमा जोडिएको दाङको कोईलाबास नाका क्षेत्रका नागरिकले अहिले सम्म नागरिकता पाउन सकेका छैनन । २०१२ सालमा कोइलाबासमै जन्मिएका नागरिकले पनि अहिले सम्म नागरिकता नपाउदाँ आफुले मात्र नभइ उनका परिवारका अन्य सदस्य समेत समस्यामा परेका छन् ।

नागरिकता पाउनबाट बञ्चित भएका गढवा गाउपालिका ८ का नागरिकलाई यसै कारण दैनिकी चलाउन पनि समस्या भएको छ । नेपाली नाका क्षेत्रमै बसोबास गर्दै आएका स्थानियहरुको नागरिकताकै कारण सरकारको तर्फबाट पाउने सामाजिक सुरक्षा भत्ता जस्ता सेवा सुबिधा पाएका छैनन् । उनीहरुसँग नागरिकताको परिचय पत्र नहुदाँ नत उनीहरु मतदान प्रकृयामा सहभागी हुन पाउछन्, नत सरकारको तर्फबाट प्रदान गरिने दिइने रोजगार सेवा सुविधाहरु नै उपभोग गर्न पाउछन् ।

२०६३ सालको निस्सा पनि उनीहरुको हातमा छ, नागरिकताको लागि पाएको टिकट पनि उनीहरुकै हातमा छ, तर वडा कार्यालयबाट कागजपत्र तयार पारेर गए पनि जिल्ला प्रशासन कार्यालयले कानुनले नमिल्ने भन्दै फर्काउने गरेको त कहिले आएको नागरिकता टोलीबाट पनि बिबाद हुदा नपाएको लल्लु खानले गुनासो गरे ।


नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसक्दाँ अप्ठेरो परिरहेको अवस्थालाई महशुस गरी प्रतिनिधिसभाको घोषणा पत्र २०६३ ले नेपाल राज्यभित्रको नागरिकता सम्बन्धी समस्याको समाधान यथाशीघ्र गर्ने सङ्कल्प लिएको भए पनि नागरीकलाई नागरीता प्रदान गर्न नसकेको वडाअध्यक्ष सद्धाम सिद्धिकिले बताए । आफु जनप्रतिनिधि भएर आएपछि आफुले गर्न नसकेको काम पनि यहि एउटा भएको उनले बताए । क्षेत्रफलका हिसावले गढवा गाउँपालिकाकै तेस्रो ठुलो भुभाग ओगटेको कोइलाबासमा जम्मा १३ सय नागरिकको बसोबास रहेको छ, भने जम्मा ९ सयसँग मात्र नागरिकले नागरिकता पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार