विश्वव्यापी परिवर्तनसंग जुध्न जैविक विविधता संरक्षण आवश्यक : मुख्यमन्त्री पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर २ गते मङ्गलवार

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वव्यापी परिवर्तनसंग जुध्नका लागि जैविक विविधता संरक्षण आवश्यक रहेको बताए । मंगलवार पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र नेपालले प्रकाशन गरेको राप्ती पर्यावरण सन्देश विशेषाङ्क विमोचन गर्दै पोखरेलले पत्रिकाले यस क्षेत्रमा रहेको बोटबिरुवा र पक्षीहरुको विस्तृत विवरण प्रस्तुत गरेकाले पर्यावरण अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बताए ।

संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले पत्रिकालाई स्थानीय पाठ्यक्रममा समावेश गरिने बताए । वन विज्ञान स्नातक तहमा अध्ययरत रवीन्द्र पुन मगर र जानकी तिवारीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा रहेका १८ वटा सामुदायिक वनमा रहेका ११२ प्रजातिका चरा र १५२ प्रजातिका बिरुवाको बारेमा विस्तृत विवरण तयार पार्नुभएको थियो । सोही अध्ययनलाई पत्रिकाको विशेषाङ्ककारुपमा प्रकाशित गरिएको हो ।
कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल लगायतकाले मन्तव्य व्यक्त राखका थिए ।
कार्यक्रममा उपाध्यक्ष देवराज विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने सञ्चालन संस्थाका सदस्य रमेश पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार