महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर १४ गते आइतवार

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।  ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे। ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरे।

ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्‍ठ निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले अध्यक्षसँग मिलेर निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानमा केन्द्रित हुने बताए।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ। मतपरिणाम अनुसार ढकाल समूहबाट उपाध्यक्षमा एक जना र प्रधान समूहबाट दुई जना विजयी भएका छन् । जिल्लमा किशोर समूहले बहुमत ल्याएको गरेको छ। वस्तुगतमा ढकाल र प्रधान द्र समूहका सात-सात जना कार्यकारिणी सदस्य विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार