दाङ : तुलसीपुरमा सोमवार थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेको संख्या ७०३ पुगेको तुलसीपुर कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिक घोराहीबाट लिइएको १२ जनाको नमुना स्वाव परिक्षण गर्दा ११ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा तुलसीपुर ५ का २ जना, वडा नम्वर ६ का ४ जना, वडा नम्वर ७ का १ जना,वडा नम्वर ९ का १ जना, वडा नम्वर १६ का १ जना, वडा नम्वर १८ का २ जना रहेका छन् । यस्तैगरी ५ जना फलोअपका रहेका छन् ।वडा नम्वर ५ का ३ जना, वडा नम्वर १६ का १ जना र वडा नम्वर १८ का १ जनामा पुन परिक्षण गर्दा रिपोट पोजेटिभ आएको उनले जानकारी दिए । तुलसीपुरमा अझै १७७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ११ पुगेको छ ।