काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ४ सय ७६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय १२ पुरुष र ५ सय ६५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।
काठमाडौं उपत्यकामा ८ सय ७ जना संक्रमित थपिएका छन् । तिमध्ये ६ सय ३२ काठमाडौं, १ सय ३३ ललितपुर र ४२ जना भक्तपुरका रहेका छन । त्यस्तै प्रदेश १ मा १ सय २८, प्रदेश २ मा १८, बागमतीमा ९ सय १७ , गण्डकीमा ६४, लुम्बिनीमा २ सय ८२, कर्णालीमा १२ र सुदुरपश्चिममा ५६ जना संक्रमित थपिएका छन ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १ सय २५ रहेको छ । तिमध्ये काठमाडौंमा १५ हजार २ सय ३७, भक्तपुरमा १ हजार २ सय ५२ र ललितपुरमा २ हजार ३ सय १५ जना रहेका छन । सक्रिय संक्रमितमध्ये २८ हजार ४ सय ४९ जना होम र ६ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तिमध्ये ३ सय ५४ जनाको सघन उपचार कक्ष र ६४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० जना पुगेको छ । नेपालमा निको हुनेको दर ८२ दशमलब सात प्रतिशत रहेको छ । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ९ हजार ७९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या १ हजार २१ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २१ पुगेको छ ।