दाङ र कर्णाली अलग अलग प्रदेश भएपनि परिपुरक हुन : मुख्यमन्त्री शाही

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २६ गते बुधवार

दाङ :  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दाङ कर्णाली प्रदेशको आधार भएको बताए । बुधवार दाङको तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको मुख्य बजारका रुपमा दाङ रहेको भन्दै दाङ र कर्णालीलाई लिंक गर्नु पर्ने उनको भनाइ थियो ।

दाङ र कर्णाली अलग अलग प्रदेश भएपनि परिपुरक जस्तै भएको समेत उनले बताए । त्यसैगरी उनले मिलेर विकासका पूर्वाधारमा काम गर्न समेत अनुरोध गरे । उनले दाङ समृद्ध भए कर्णाली र कर्णाली समृद्ध भए दाङ समृद्ध हुने बताए । दाङ विकासका दृष्टिले धेरै सम्भावना भएको जिल्ला भएको समेत मुख्यमन्त्री शाहीले बताए ।

‘सुर्खेत र सल्यान दुवै सडकले दाङलाई कर्णालीसँग जोडेको छ,’ उनले भने । त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुखेत सडक खण्ड निर्माणको अन्तिम चरणमा रहेको बताए । उनले राप्ती राजमार्गका लागि १२ करोडको ठेक्का समेत भइसकेको बताए । उनले कर्णालीका विद्यार्थीहरु दाङमा धेरै पढ्नका लागि आउने भएको भन्दै तुलसीपुर उपमहानगरपालिकासँग मिलेर संयुक्त लगानीमा कर्णाली होस्टेल निर्माणको काम अगाडी बढाउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार