दाङ : प्रहरी चौकी बागरले मंगलबार अबैध रुपमा बेचबिखन गर्दै आएको ५५ लिटर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । दंगीशरण गाउँपालिका वडा नं. ६ का वडा सदस्य ममता परियारको नेतृत्वमा प्रहरी र स्थानिय बासीको सहकार्यमा दंगीशरण गाउँपालिका वडा नं. ६ र ७ को बिभिन्न टोलमा अबैध रुपमा बनाईएको घरेलु महिरा रक्सी नष्ट गरेको प्रहरी चौकी बागरका प्रहरी सहायक निरिक्षक तिर्थराज भुसालले जानकारी दिए ।
कोरोनाको जोखिम र चार्ड पर्वलाई लक्षित गरी प्रहरी चौकी बागरले मदिरा जन्य बस्तुहरु नष्ट गर्ने अभियानमा लागेको छ । त्यसैगरी प्रहरी चौकी बागरले आफ्नो एरियामा शान्ति,सुरक्षा र अपराध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले १६ वटा टोल सुरक्षा समिति समेत गठन गरि आफ्नो वडा एरियामा बलियो सुरक्षा सतर्कता अपनाएको छ। साथै तिहारको समयमा देउसी भैलो नखेल्न समेत बागर प्रहरीले आम नागरीकहरुलाई आग्रह गरेको छ ।