तुलसीपुरमा रगत अभाब भएपछि यस क्षेत्रका युवाहरुले रक्तदान गरे

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २४ गते सोमवार

तुलसीपुर :  तुलसीपुरमा रगत अभाब भएपछि यस क्षेत्रका युवाहरुले रक्तदान गरेका छन् । आइतबार रक्त सञ्चार केन्द्र तुलसीपुरमा पुगेर १६ जना युवाले रक्तदान गरेका हुन् । यस क्षेत्रका युवा हरिष गिरीको नेतृत्वमा युवाहरुले रक्तदान गरेका हुन् ।

रगत अभाब भएको जानकारी आएपछि आफुले युवाहरुलाई रक्तदान गर्न प्रोत्साह गरेको उनले बताए । रक्तदान नै जीवन दान भएकाले आफ्नो सानो सहयोगले धेरैको ज्यान बच्न सक्ने भन्दै आफुले पहल लिएको गिरीको भनाइ छ ।

विगतका दिनमा पनि सामाजिक कार्य गर्दै आएका गिरीले आगामी दिनमा पनि सामाजिक कार्यलाई अगाडी बढाउने समेत प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार