साइकल लेन अबको आवश्यकता : नगरप्रमुख पाण्डे

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २४ गते सोमवार

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले साइकल लेन अहिलेको आवश्यकता भएको बताए  । पछिल्लो समय साइक्लिङ्ग प्रवृत्ति बढेको भन्दै नगरप्रमुख पाण्डेले नयाँ सडकहरुमा साइकल लेन बनाउने बताए । स्वास्थ्यका साथै वातावरणीय दृष्टिले पनि साइकल चलाउनु आवश्यक भएको नगरप्रमुख पाण्डेको भनाइ थियो ।

पर्यटन प्रवद्र्धनका लागि तुलसीपुर रारा साइकल यात्रा गर्न समेत उनले अनुरोध गरे । ‘हामी सबैले पहल गरेमा साइकल सिटी बनाउन सकिन्छ’ उनले भने । साइक्लिङ्गको प्रचार गर्दै तुलसीपुर आइपुगेको साइकल यात्रीहरुलाई राप्ती शान्ती उद्यानमा आइतवार स्वागत गर्दै नगरप्रमुख पाण्डेले यस्तो बताए ।

उनले साइकल प्रयोग गर्ने प्रचलन बढाउनका लागि पनि आग्रह गरे ।
कार्यक्रममा साइकलबाट विश्व यात्रा गरेका साइकल यात्री पुस्कर शाहले स्वास्थ्य र वातावरणका लागि साइक्लिङ्ग भन्ने नाराका साथमा मेची महाकाली साइकल यात्रा गरेको बताए । उनले पछिल्लो समय अभियानका कारण साइकल चलाउनेहरुको संख्या उल्लेख्य बढेर गएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार