तुलसीपुरमा कोरोना संक्रमित र मृत्यु हुनेको दर दिनप्रतिदिन बढ्दो

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २४ गते सोमवार

तुलसीपुर :  तुलसीपुरमा कोरोना संक्रमित र मृत्यु हुनेको दर दिनप्रतिदिन बढ्दो रहेको छ । कोरोना परिक्षण गराएका अधिकांसको रिपोट पोजेटिभ आउने गरेको छ । हाल तुलसुीपुरका झन्डै ६ सय जनालाई कोरोना संक्रमण पुष्टि भएके छ, भने कोरोना संक्रमित मध्ये हाल सम्म ८ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको सुचना शाखाले दिएको जानकारी अनुसार आईतवार सम्म तुलसीपुरका ८ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

ती मध्ये बाँकेमा ५ जना,२ जनाको काठमाडौ र एक जनाको होम आईसोलेसनमै मृत्यु भएको शाखाले जानकारी दिएको छ । यसरी मृत्यु हुनेमा सवैभन्दा धेरै ५० बर्ष देखी माथीका रहेका छन् । जसमा ७ जना पुरुष र १ महिला रहेका छन् । केहि दिन अघि तुलसीपुर १० का ३८ बर्षिय एक पुरुषको ह्याम्स मेडिकल कलेज काठमाडौ र २० बर्षिया एक सुत्केरी महिलाको बाँकेको नेपालगंन्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तैगरी वडा नम्वर ५ का ७६ बर्षिय एक पुरुष र वडा नम्वर ६ का ५५ बर्षिय एक पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

शाखाले दिएको जानकारी अनुसार वडा नम्वर ९ का २८ बर्षिय एक पुरुषको भेरी अस्पताल र वडा नम्वर १८ का ७० बर्षिय एक पुरुषको कोहलपुर मेडिकल कलेज तथा वडा नम्वर १८ का ५३ बर्षिय एक पुरुषको होम आईसोलेसन र वडा नम्वर ७ का ५७ बर्षिय एक पुरुषको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको शाखाका सुचना अधिकारी बावुराम पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार