तुलसीपुर : तुलसीपुर खानेपानी संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुनः कार्यलय सिल भएको छ ।
केही दिन पहिले कोरोना पोजेटिभ देखिएका कर्मचारीहरु होम आइसोलेसनमा बसीरहेको अवस्थामा पुनः थप अन्य कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिए पछि कात्तिक २४ गतेदेखि २८ गते सम्मका लागि कार्यालय सिल गरिएको एक सूचना जारी गरी संस्थाले जानकारी दिएको छ ।
साथै संस्थाबाट दैनिक पानी संचालन बाहेक अन्य सम्पूर्ण काम बन्द रहने समेत सूचनामा उल्लेख गरिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस