घोराही उपमहानगरद्धारा  ६० प्रतिशत अनुदानमा विभिन्न अन्नका मूल विउ  बितरण

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २१ गते शुक्रवार

घोराही : घोराही उपमहानगरपालिकाले सहकारी मार्फत तोरी, मसुरो र गहुँको विउ उत्पादन गर्न थालेको छ । उपमहानगरको कृषि विकास शाखाले ६० प्रतिशत अनुदानमा सहकारीहरुलाई तोरी, मसुरो र गहुँको मूल विउ उपलब्ध गराएको हो । यी नगदे बालीको मूल विउ नै पाउन छोडेपछि सहकारी मार्फत विउ उत्पादन तथा संरक्षण थालिएको शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए ।
उनका अनुसार ६ सय किलो गहुँ, २ सय किलो तोरी र एक सय किलो मसुरोको मूल विउ सहकारीहरुको माग अनुसार ६० प्रतिशत अनुदानमा उपलब्ध गराईएको छ । यसैगरी, घोराही उपमहानगरपालिकाले किसानहरुका लागि एक हजार ५ सय ३० किलो गहुँको उन्नत विउ, एक सय एक किलो प्याजको विउ र ५ सय ग्राम आलुको वियाँ पनि ६० प्रतिशत अनुदान नै वितरण गरिएको शाखा प्रमुख खनालले जानकारी दिए  ।
उक्त उन्नत जातको गहुँको विउ घोराही उपमहानगरले नगर भित्रकै जैविक विविधता सहकारी संस्था रामपुर, बागेश्वरी कृषि सहकारी संस्था ढिकपुर, दिगो कृषि सहकारी संस्था ढिकपुर र नेपाल एग्रोसीट एन इन्पुट कम्पनी ठट्यौलीबाट खरिद गरिएको हो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार