त्रिशिद्धेश्वरी मन्दीरमा तोडफोड र चोरी

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २१ गते शुक्रवार

दाङ :  तुलसीपुर ६ मा रहेको त्रिशिद्धेश्वरी मन्दीरमा शुक्रबार राति चोरी तथा तोडफोड भएको छ । राति एक समूहले मन्दीरमा तोडफोड गरी चोर गरेको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धितालले जानकारी दिए । मन्दीरको अगाडीको भागमा रहेका २ वटा सिंहका मुर्ति मध्य एक वटामा तोडफोड गरिएको छ । सिंहको पुच्छरमा क्षति पु¥याएको उक्त समूहले मुल गेटमा लगाइएका ताल्चा फोडेरै मन्दीरमा प्रबेश गरेको आंशका गरिएको छ ।

त्यस्तै मन्दीर भित्र प्रबेश गरि ३ वटा दान पेटीका तोडफोड गरी दर्शनार्थीहरुले चढाएको रकम समेत चोरी गरेको छ । बाहिर शनिको मुर्तिसँगै रहेको अर्को दान पेटीकाको दान रकम समेत चोरी गरेको अध्यक्ष धितालले बताए । नियमित रुपमा मन्दीरको मुल गेट खोल्ने क्रममा ताल्चा फोडेको अबस्था देखा परे पछि मन्दीरमा तोडफोड र चोरी भएको थाँहा भएको सहसचिब निर्मल नेपालीले जानकारी दिनुभयो । मन्दीरमा तोडफोड गर्ने समूहले धार्मिक सद्भाब खल्बलाउने र अराजक बढाउने उदेश्य रहेको हुन सक्ने आशंका गरिएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो दिनमा तुलसीपुर क्षेत्रमा चोरीका घटना ब्यापक रुपमा बढेको छ । केही दिन अघि मात्र एकै रातमा झण्डै ६ वटा चोरी समेत भएका छन् ।

त्यस्तै साझँको समाचार पढि घर फर्कने क्रममा तुलसीपुरका एक सामूदायिक रेडियोकी पत्रकारको मोवाइल र केही सुनका गहना समेत मोटरसाइकलमा सवार २ जनाको एक समूहले पनि लुटपाट गरेको थियो । उक्त समूह अझै पक्राउ पर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार