घोराही उपमहानगरमा बुधवार सम्म ९०४ जनामा कोरोना पुष्टि, ५८८ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २० गते बिहिवार

दाङ : घोराही उपमहानगरमा बुधवार सम्म ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ८१६ जनाको पीसीआर परीक्षण गर्दा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हिजो १६ जना नयाँ र २ जना पुन ः परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै अहिले उपमहानगरमा ३११ जना संक्रिय संक्रमितहरु रहेको र ५८८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको कार्यालयले जनाएको छ । त्यस्तै हाल सम्म उपमहानगरमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार