२ दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २० गते बिहिवार

नवलपरासी :   २ दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका २ का २६ बर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । उनीहरु सोमबार बिहानदेखिहराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब ७ बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । प्रहरीका अनुसार १ जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । २  दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार