कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १९ गते बुधवार


दाङ : कपिलवस्तुमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कपिलवस्तुको मायाँदेवी गाउँपालिका १ पकडी निवासी २२ बर्षीय डाक्टर यादव रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । मंगलवार साझँ करिब ९ बजेतिर कपिलवस्तु नगरपालिका ८ दोहोनी स्थित लु ४१ प ५५४७ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ पल्टिन जाँदा यादव गम्भिर आइते भएका थिए ।

उनको उपचारको क्रममा राति करिब १२ बजेतिर भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मुख, टाउकोमा चोट लागेको थियो । साथै मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २५ बर्षीय बिरेन्द्र यादव घाईते भएका थिए, भने उनको पनि मेडिकल कलेज उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको बारेमा जिप्रका कपिलवस्तुबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार