बाँकेमा दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १८ गते मङ्गलवार

बाँके  :  बाँकेमा दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुर्खेतको बराहताल गाउँपालिका ५ बस्ने गणेश नेपाली, सोही ठाउँका लाल बहादुर नेपाली, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ बस्ने दिनेश कार्की र सोही ठाउँका उमेश बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके कोहलपुर नगरपालिका ११ बसपार्क स्थित न्यू राप्ती होटलको कोठामा दुर्लभ वन्यजन्यु रेडपाण्डाको छालाको ओसारपसार भइरहेको भन्ने सुचनाको आधारमा जिप्रका बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले मंगलवार विहान करिब ९ बजेतिर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उक्त होटलको कोठा नं. ४ बाट निलो झोला भित्र रहेको २ फिट २ इन्ट लम्बाई भएको दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला थान १ फेला पारेको प्रहरीले जनाएको छ । साथै उनीहरुमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार