बाँके : बाँके प्रहरीले बहुमुल्य नागमणी छ, भनि डेढ करोड ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दैलेखको नौमुले गाउँपालिका ४ निवासी धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका ५ निवासी कृष्ण शाह र सल्यान शारदा नगरपालिका ९ निवासी डिल्ली बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । दाङ घोराही उपमहानगरपालिका १७ निवासी माधव प्रसाद घिमिरेलाई हामीसंग बहुमुल्य नागमणी छ ।
उक्त नागमणी आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बाँस हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुःखशान्ती, सम्बृद्धी हुन्छ भनी उनीहरुले प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रकम लिइ ठगी गरेको मंगलवार पत्रकार सम्मेलन गरी प्रमुख एसपी रानाले जानकारी दिए । उनीहरुलाई यहि कार्तिक १५ गते बाँकेको नेपालगंज उपमहानगरपालिका १ बाट ठगी गरी लिएको नगद ४० लाख सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।