सल्यानमा मोटरसाइकल दुर्घटनामा हुदाँ दाङका एक युवकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १८ गते मङ्गलवार

दाङ : सल्यानमा मोटरसाइकल दुर्घटनामा परी दाङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ शान्तिनगर गाउँपालिका ४ गिधनियाका करिब २६ बर्षीय पूर्ण रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानको लान्तिबाट श्रीनगरतर्फ आउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकलमा पछाडि सवार रेउलेको जिल्ला अस्पताल सल्यानामा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार बेलुका ६ बजेतिर सल्यानको लान्ती बजार नजीक मोटरसाइकल दुर्घटना हुँदा रेउले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पु¥याए पनि डाक्टरले मृत घोषणा गरेका थिए । उनी वायरिङको कामको लागी सल्यान आएको गएका थिए । दाङबाट गाडीमा लान्ति सम्म आएर लान्तिबाट उनी मोटरसाइकलको लिफ्ट लिइ श्रीनगर तर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

साथै मोटरसाइकल चालक सल्यानको शारदा नगरपालिका १३ अन्तरकाडा निवासी १८ बर्षीय सुमन बुढा र मोटरसाइकले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओली जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार