सकड दुर्घटनामा परी आचार्य र अधिकारी गम्भीर घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १७ गते सोमवार


शरद रेग्मी
दाङ  :  नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य किशोर आचार्य र कोहलपुर उद्योग बाणिज्य सघंका अध्यक्ष चक्र अधिकारी सडक दुर्घटनामा परी गम्भिर घाईते भएका छन् । सोमवार बुटवलबाट पोखरा जाने क्रममा केराबारी भन्ने स्थानमा अधिकारी आफैले चलाएको कार सडक देखि ५ सय मिटर तल खोचमा खस्दा कारमा सवार दुबै जना घाईते भएको पाल्पा उद्योग बाणिज्य सघंका अध्यक्ष राजु श्रेष्ठले जानकरी दिए ।

दुबै जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भैरहेको संघका लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधी तिवारीले जानकारी दिए ।
‘हामी निरन्तर पाल्पा उद्योग बाणिज्य सघंहरुका साथीहरु र स्थानिय प्रहरीको सम्पर्कमा छौ, स्थिति हेरेर महासंघका उपाध्यक्ष चन्द्र ढकालको सहयोगमा दुबै जना घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी गरिरहेका छौ,’ उनले भने ।
घाईते आचार्य र अधिकारी आसन्न महासंघको निर्बाचनमा दुबैजना केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार